• गण्डकीका मुख्यमन्त्री गुरुङ कोरोना सङ्क्रमित

  • काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना सङ्क्रमित भएका छन्। मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेले जनाएका छन्।

    मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन्।
    मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए।

    दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस