![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २७१ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ८४५ जना निको भएका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३३ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)