नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।