• कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठमा प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि बुढानीलकण्ठ पुगेका छन्।

    २७ वैशाखमा संसदबाट विश्वासको मत लिने तयारीमा रहेका ओली देउवा निवास पुगेका हुन् । बाग्मतीमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा ओली समूहविरुद्ध सबै विपक्षी दल र माधव नेपाल समूहको गठबन्धन बनेलगत्तै ओली देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस