• थप १,६४० जना कोरोना सङ्क्रमित भेटिए, १० जनाको मृत्यु

  • काठमाडाैं। देशभर आज एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

    सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ वटा छन् ।

    आज दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।

    सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

    नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस