• विश्वासको मत लिनु अगावै ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अगावै सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार संसद सचिवालयमा बुझाएको छ।
    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका छन् ।
    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ । ओलीलले २७ बैशाखमा विश्वासको मत लिन संसदको विशेष अधिवेसन बोलाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस