• नेपाल बैंकका कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोषविक्रम साहसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहविरुद्ध ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सोहीबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

    सर्लाहीको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली(पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसगँको मिलोमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रकम भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।

    नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

    अख्तियारले नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक सन्तोषविक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलोमतोमा सो रकम हिनामिना गरेका अख्तियारमा आरोपपत्रमा उल्लेख छ । अख्तियारले तीनै जनाविरुद्ध ४२ लाख रुपैयाँसहित सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय