

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय