• तुइन प्रकरण र हेलीकोप्टर उडेको विषयमा सरकारले पठायो भारतालाई कुटनीतिक नोट

  • काठमाडौं । नेपाल सरकारले दार्चुला घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा भारतले नेपाली सेनाको ब्यारेकमाथिबाट हेलिकप्टर उडाएकोबारे भारतलाई औपचारिक रुपमा कुटनीतिक नोट पठाएको छ ।

    गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन पठाएपछि सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई छुट्टै कुटनीतिक नोट पठाएको हो ।

    मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई कूटनीतिक पहल थाल्न पनि भनेको छ । दुई घटनालाई लिएर सर्वत्र आलोचना भएपछि सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।

    साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा नेपाली नागरिक जयसिंह धामी नदीमा बेपत्ता भएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यसबारेमा नेपालको तर्फबाट कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय