• चीनका लागि जर्मनीका राजदूतको आकस्मिक निधन

  • एजेन्सी। चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ ।

    ५४ बर्षीय हेकरले यसअघि जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकारका रूपमा काम गरिसकेका थिए।

    कार्यभार सम्हालेको केही दिनमै उनको आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालयले पुष्टि गरेपनि उनको मृत्युबारे विस्तृत विवरण दिइएको छैन ।

    ‘चीनका लागि जर्मनीका राजदूत डा.ज्यान हेकरको आकस्मिक निधनले गहिरो दुःख र निराशा’ उत्पन्न गराएको जर्मन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । हेकरका पत्नी र तीन छोराछोरी छन् ।

    शुक्रबार स्वस्थ रुपमा एक सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका हेकरको सोमबार आकस्मिक रुपमा निधन भएको जर्मन सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    गत अगस्ट १ मा बेइजिङ आइपुगेका हेकरले क्वारेन्टाइन अवधि पार गरेपछि अगस्ट २४ मा कार्यभार सम्हालेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय