एजेन्सी। अफगानिस्तानको पान्जशीर उपत्यकालाई आफ्नो समूहले नियन्त्रणमा लिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् ।
विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चारै किल्ला कब्जा गरेको दाबी गरेको हो ।
तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
तालिबान समूहसँग प्रतिकार गरेको एक समूहले यसबारे आफ्ना नेताको भनाइ छिट्टै आउने बताएको छ ।
तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् ।
दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ ।
पान्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।