• देउवाले डाके शीर्ष नेताकाे बैठक यस्ताे छ एजेण्डा

  • काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व बढाउन ‘लबिङ’ सुरु भएको छ । निर्वाचन निर्देशिकाले समावेशी क्लस्टरको धज्जी उडाएको भन्दै दबाव दिएर वडा तहमा एकजनामात्रै सदस्य भएपनि समावेशी क्लस्टरको प्रतिनिधित्व सुनिश्चित भएपछि नेताहरू अब प्रदेश/प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधिको ‘लबिङ’मा जुटेका हुन् ।

    नेताहरू फर्मूल्लाह मन्सुर, जीवन परियार मुस्लिम संघका अध्यक्ष अबदुल सतारसहितका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूलाई विगतका गल्ती सच्याउन तयार रहेको भन्दै सभापति देउवाले प्रतिनिधित्वका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

    “हामीले वडामा जस्तै समावेशी प्रतिनिधित्वको सुनिश्चिता गर्नुपर्ने माग गर्‍यौँ,” नेता मन्सुरले भने, “उहाँले म निर्देशिकाका कमजोरी हटाउन पहल गर्छु भन्नुभएको छ ।”

    कांग्रेस नेता अतहर कमाल मुसलमान भने एउटै विषय पटकपटक उठाउनु ठिक नहुने बताउँछन् । “विगतमा निर्देशिकामा समस्या भएपछि त्यसलाई सच्याउन एउटा निर्णय भयो, त्यही निर्णयमा क्षेत्र, जिल्ला र केन्द्रीय तहसम्मको प्रतिनिधित्वको विषय टुंग्याउनुपथ्र्यो,” कमालले भने, “अहिलेको विषम परिस्थितिमा सभापतिज्यूको जिम्मेवारी सरकारको पनि छ । यस्तोबेला उहाँलाई पटकपटक अल्मल्याउने काम गर्नु हुन्न ।”

    नेता मन्सुर भने अब सभापति, वरिष्ठ नेतासहितको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म पतिनिधित्वको सुनिश्चित हुने विश्वास गर्छन् ।

    “जसरी वडा अधिवेशनमा एकजना मात्र क्रियाशील सदस्य छ भनेपनि कार्यसमिति र प्रतिनिधिमा सुनिश्चित गर्ने व्यवस्था भयो । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधिको सुनिश्चितता गरिनुपर्छ,” मन्सुरले भने, “सम्भवतः शीर्ष नेताको बैठकले यसको निर्णय लिने छ ।”

    कांग्रेसको संस्थापनकै कतिपय नेताहरूले भने राजनीतिक भूमिकामा आफूलाई खरो रूपमा नउतार्नेहरूले समावेशिताको बैसाखी खोजिरहेको भन्दै त्यसले नेतृत्व विकासमा बाधा खडा गर्ने र समावेशी समूहका नेताहरूलाई थप अल्छी बनाउने गर्छन् ।

    देउवाले बोलाए शीर्ष नेताको बैठक
    कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकेका छन् । देउवाले बिहान साढे ८ बजे बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूलाई बोलाएका छन् । उनले हतारमा निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय