नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमसीसी परियोजना संशोधन नगरी पास गर्न नहुने बताएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संशोधन नगरी एमसीसी सम्झौता गरे राष्ट्रघाती हुने बताएका हुन्
राष्ट्रघाती सम्झौताका बारेमा बोल्दा बोल्न पाइँदैन भनेर गृह मन्त्रालयले सूचना जारी गरेर कसको दलाली र चाकरी गर्न खोजेको? भन्दै उनले प्रश्न गरे ।
दार्चुलाका जयसिंह धामीको घटनामा एउटा कूटनीतिक नोटसमेत जारी गर्न नसकेर सरकारको नालायकी पन देखाएको टिप्पणी गरे ।
‘नेपालको राष्ट्रिय हितका विषयमा कुरा गर्दा सूचना जारी गरेर धम्की दिने ?,’ उनले भने, ‘दार्चुलाका जयसिंह धामीको घटनामा एउटा कूटनीतिक नोटसमेत जारी गर्न नसक्ने यो सरकारको नालायकी पन हो । लेख्न र भन्न नसक्नेले कसरी देश हाँक्छु भनेर भन्न सक्छन् ?’
उनले प्रधानमन्त्री निदाइरहेको पनि आरोप लग।ए ।
‘बालुवाटारमा शेरबहादुर देउवा मस्त निदाइरहनुभएको छ,’ उनले भने, ‘देउवा, प्रचण्ड र भर्खरै पार्टी खोलेर देश हाँक्छु भन्ने माधव नेपालको घाँटीमा कुन शक्तिले अठ्यायो’ उनले भने ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।