![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/Arrest.jpg)
बाँके । चार किलो २१.४९ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् ।
श्री एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगंज आएका उनीहरुलाई नेपालगंज विमानस्थलको आगमन कक्ष वाहिर शंकास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने २ थान विस्कुटसहित ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) सुन बरामद गरेको हो ।
त्यस्तै खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)