• जेठ २ मा जस्ताको तस्तै फर्किन सकिँदैनः ईश्वर पोखरेल

  • काभ्रे । एमाले महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ कै अवस्थामा जस्ताको तस्तै फर्किन नसकिने बताएका छन् । एमाले काभ्रे जिल्ला कमिटीले बनेपामा शनिबार गरेको कार्यकर्ता भेलामा उनले भने, “यो पहिलेको जस्तै एमाले हैन, विकसित एमाले हो । जस्ताको तस्तै भन्नुहुन्छ, त्यो हुँदैन, जेठ २ दोहोरिएर पनि आउँदैन ।” उनले जेठ २ लाई आधार बनाएर अगाडि बढ्नु पर्ने बताए ।

    एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने । एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने, “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”

    नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय