नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।
शुक्रबारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय