• गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ।

    गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो।

    भेटमा सरकारसँग भएको ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको छ।

    गत वर्ष नै सरकार र नेकपाबीच ३ बुँदे सहमति भएर विप्लव नेकपा खुला राजनीतिमा फर्किएपनि अझै जेलमा रहेका नेता कार्यकर्ता रिहा भएका छैनन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय