• मोरङमा सारियो कांग्रेसको वडा अधिवेशन

    nepali congress flag
  • नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिए ।

    उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए । जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।

    सचिवमा शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय