• एआइजीहरुको सरुवा, थापाले पाए कार्य विभागको जिम्मेवारी

  • काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका एआइजीहरुको सरुवा गरेको छ । बढुवा भएको करिब दुई महिनासम्म जिम्मेवारी नपाएका एआइजी सहकुल थापाले जिम्मेवारी पाएका छन् । उनलाई कार्य विभागको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै एआइजी हरि पाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा यथावत रहेका छन् । अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागको सरुवा भएको छ ।

    मानव स्रोत तथा प्रशासन विभागमा रहेका निरज शाहीलाई भने प्रहरी एकेडेमीमा सरुवा गरिएको छ । एकेडेमीमा कार्यरत प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय