• पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता

  • काठमाडाैं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले
    पार्टीको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा तथा जीवन परियारबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पार्टीको वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउन आफूले सक्दो पहल गर्ने बताएका हुन्।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन ।”

    दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन/महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल दलित संघले आज धर्नासमेत दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय