• सुदूरपश्चिमका १० एमाले सांसद लागे एकीकृत समाजवादीतर्फ

  • सुदूरपश्चिम प्रदेशसभाका १० सांसदले एमाले छोडेर नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हालै दर्ता भएको दल एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

    सनाखत गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद छन् ।

    यस्तै पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा विकले आज एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । भोलि अन्य केही सांसद पनि सो पार्टीका पक्षमा खुल्ने बुझिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय