![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय २२ जनामा पिसिआर तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, २० जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
आज काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय