• बिना ईजाजत एसिड व्यापार गर्ने तीन जना पक्राउ

  • कास्की । बिना ईजाजत एसिडको ब्यापार गर्ने तीनजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका, ४ गैह्रापाटनस्थित ग ३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका २ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा जिप चालक बारा जितपुरका१९ वर्षीय मिन बहादुर भारती, सोही जिपमा सवार चितवन भरतपुरमा २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक ६३ वर्षीय बल बहादुर बिक रहेका प्रहरीले जनाएको छ ।

    कास्कीमा बिना इजाजत एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाक आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस