

पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १ हजार ९०२ जना र ४ हजार ३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ । आज १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै आजसम्म ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन्
त्यस्तै, थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
