नेकपा (एकीकृत समाजवादी) का नेता प्रदीप नेपालले पार्टी अध्यक्ष माधव नेपाललाई साथ दिन नसक्ने संकेत गरेका छन् । माधव नेपालले आफूलाई धोका दिएको बताएका छन् ।
उनले माधवकुमार नेपालले झेली कुरा गरेको र बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको बताएका हुन् । उनले आफू केपी ओलीसँग पनि नजाने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।