• महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

  • नेपाली कांग्रेसका नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सोमबार काठमाडौं महानगरपालिका-३० मा आयोजित क्रियाशील सदस्यहरूको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    ‘मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु’ उनले भने ।

    उनी १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । थापाले ५८४ मत पाएका थियो । उनीसँगै अर्जुननरसिंह केसी र डा. शशांक कोइराला उम्मेदवारी दिएकोमा कोइराला निर्वाचित भएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस