• गठबन्धनको बैठक बस्दै, सरकारलाई पूर्णता दिनेबारे छलफल हुने

  • काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान बैठक बस्न लागेको हो ।
    आजको बैठकमा सरकार विस्तार र पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने भएको छ ।

    यसअघि हिजो दुई चरणमा भएको भेटवार्तामा पनि सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

    नेकपा (एकीकृत समाजवादी) को हिजो बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको थियाे । त्यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ ।

    गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय