कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि पार्टी पदाधिकारी बैठक स्थगित भएको छ ।
दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।
जसपाले सर्वसहमतरुपमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन नसक्दा सत्ता पक्ष र प्रतिपक्ष अन्यद्यमा परका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय