• देशभर थपिए १ हजार ३८८ संक्रमित, २४ जनाको मृत्य

  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार २१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गरिएमा १७४ जनामा संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ ।

    त्यस्तै आज २ हजार २६० जना संक्रमित निको भएका छन् ।हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७९६ रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय