• नेकपा र जसपा छाडेर नयाँ दल रोज्नेहरूलाई २२ गतेसम्मको समयसीमा

  • निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्ममा दल रोज्न सक्ने समयसीमा निर्धारण गरेको छ। आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो।

    नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार आयोगले समय निर्धारण गरेको हो।

    सरकारले दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत मात्रै सदस्य भए पुग्ने गरी अध्यादेश जारी गरेपछि भदौ २ गते एमालेको माधव नेपाल पक्ष र जसापको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले बुधबार (भदौ ९ गते) सनाखत गराएर उनीहरुलाई नयाँ दलको मान्यता दिएको छ।

    अध्यादेशमा ‘नयाँ दल गठन भएको २१ दिनभित्र’ प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले रोज्न पाउने व्यवस्था गरे पनि आयोगले निवेदन दिएकै दिनदेखि गनेर भदौ २२ को समयसीमा निर्धारण गरेको हो।

    नयाँ दलको मान्यता भएको भदौ ९ गतेदेखि गणना हुनुपर्ने भए पनि आयोगले निवेदन दिएको दिनदेखि नै २१ दिन गणना गरेको छ। जसमा नयाँ दलमा जान पाउने अवधि भदौ २९ गतेसम्म हुनुपर्ने भए पनि आयोगले एक हप्ता कम हुने गरी निर्णय गरेको पाइएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय