• कांग्रेसका जिल्ला सभापतिहरुले तोडे अनशन

  • काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन्।

    कांग्रेसका जिल्ला सभापतिहरू क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका थिए ।

    क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशनरत जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए।

    नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्।

    मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले सुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए।

    उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन सुरू गरेका थिए।

    जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखकबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।

    छलफलले जिल्ला सभापतिहरुका माग पूरा गर्ने सहमति बनेको हो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय