• बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमान श्रीमती नै जेल चलान

  • लमजुङ । कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बेंसीसहर नगरपालिका-९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए ।

    उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

    जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय