• प्रदेश-१ : मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद विस्तार

  • प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गरेका छन् । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त भएका हुन्।

    प्रदेश-१ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गरेका हुन् । प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय