• गठबन्धन सरकारमा सहभागी हुन्छौं : अध्यक्ष नेपाल

  • काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने बताएका छन्।

    पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका हुन्।

    अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उनको भनाइ थियो।

    “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहकार्य गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भने, “सत्ता बाहिर रहेका कम्युनिस्टसँग पनि पनि सहकार्य हुन्छ।”

    आफूहरुको नयाँ पार्टीले राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उनले भने, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन।”

    अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    नेकपा (एमाले) को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जलि दिन र नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उनले जानकारी दिए।

    सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो। नेकपा (एमाले) प्रति असहमति जनाउँदै नयाँ पार्टी दर्ता गरेको हो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस