• लुम्बिनी प्रदेश प्रमुखद्वारा असंवैधानिक कदम

  • लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले असंवैधानिक कदम चालेका छन् । उनले असंवैधानिक कदमद्वारा मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरेका छन् ।
    हुँदै नभएको बहुमत देखाएर उनलाई नियुक्ति दिइएको छ । जवकी संविधानले बहुमतको सरकार गठन हुन नसकेको खण्डमा मात्रै ठूलो दलबाट सरकार गठन हुने हो ।

    अहिले विपक्षी गठबन्धनमा ४३ सांसद पुगेका छन् । ४१ सांसद भए बहुमत पुग्छ । एमालेका एक सांसद माओवादीमा प्रवेश गरेकी छन् । केही सांसदले राजीनामा दिएका र केही दिने तयारीमा छन् । यस्तो अबस्थामा प्रदेश प्रमुख यादवले अन्य दललाई कुनै माैका नदिइ पोखरेललाई नियुक्ति गरेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय