• एमाले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी प्रतिवाद गर्ने

  • नेकपा एमालेले निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध कानुनी प्रतिवाद गर्ने भएको छ ।

    ललितपुरको च्यासलमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोग र अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव प्रदीप ज्ञवालीले दुईवटा विषयमा सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए । पार्टीले निष्कासन गरिसकेका व्यक्तिलाई निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखतमा समावेश गराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने निर्णय भएको उनको भनाई छ ।

    बैठकले अलग दल (नेकपा एकीकृत समाजवादी) दर्ता गरेकालाई निष्कासन गरी निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको छ । कसैले भुल महसुस गरेर निर्णय सच्याउन चाहेमा ‘ढोका खुलै राख्ने’ निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय