

पहिराले राहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ । पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ ।
तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
