• को हुन् प्रदेश-१ मा मुख्यमन्त्री बनेका भीम आचार्य

  • सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । संविधानको धारा १६८ (१) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

    नेकपा (एमाले)का सचिवसमेत रहेका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए ।

    विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन् । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन् । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।

    विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उनी शेरधन राईसँग दुई मतले पराजय भएका थिए । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय