नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष
माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाएको आरोप लगाएका छन् । निर्वाचन आयोगले दल दर्ता गरेको भोलिपल्ट गरेको पत्रकार सम्मेलनमा उनले ओलीले आफ्नो निजी स्वार्थका लागि पार्टीलाई प्रयोग गरेको बताएका हुन् ।
उनले ओलीले कार्यकर्तामाथि अन्याय गरेको विभेद गरेको आरोप लागए । उनले आफ्नो प्रशंसा गर्नेलाई मात्रै ओलीले आफू वरपर जम्मा गरेको, उनीहरूको मात्रै कुरा सुनेको बताए । उनले ओली सरकार सञ्चालन गर्न पनि असफल भएको आरोप लगाए । उनले एमालेमा रहेकालाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले ओलीले सञ्चालन गरे भन्दा फरक तरिकाले आफ्नो पार्टी अगाडि बढ्ने बताए । पार्टी निजी स्वार्थका निम्ति र कसै भजनमण्डल नबन्ने उनले दाबी गरे । पार्टीले नेपालमा नयाँ समाजवाद स्थापित गर्ने उनले बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।