• लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै, के छन् एजेन्डा ?

  • पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ः०० बजे बस्ने बैठकले आगामी कार्यनीति र रणनीतिबारे छलफल गर्ने सो पार्टीले जनाएको छ । निर्वाचन आयोगबाट बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीको पहिलो कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

    मुलुकको समसामयिक परिस्थितिबारे पार्टीको धारणा तथा आगामी कार्यनीति र रणनीतिबारे बैठकले निचोड निकाल्ने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार परिवर्तित अवस्थामा पार्टीको भूमिका, आफूले उठाउँदै आएका माग तथा वर्तमान सरकारमा सहभागिता आदि विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टीले आफ्ना माग सम्बोधन हुने अवस्थामा सरकारमा सहभागिता जनाउन सकिने सङ्केत गरिसकेको छ ।

    यस विषयमा औपचारिक धारणा आइसकेको छैन । महन्थ ठाकुरका अध्यक्षतामा स्थापना भएको पार्टीको ३१ सदस्यीय कार्यकारिणी समिति छ । सो पार्टीका वरिष्ठ नेताद्वयमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहेका छन् । यसैबीच जसपाबाट विभाजन भई नयाँ गठन भएको लोसपा केन्द्रीय कार्यालय साविकबमोजिम बबरमहलमा रहने भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय