• दिदीमाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

  • गोरखा । गोरखामा सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    मंगलबार सिरानचोक गाउँपालिकाबाट – ३२ वर्षीय दिदीलाई करणी गरेको आरोपमा २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

    युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

    पीडित भनिएकी महिलाले घटना भएलगत्तै श्रीमान्, जेठानीलगायत घरका अन्य सदस्यलाई बताएपछि आरोपित भागेको प्रहरीले जनाएको छ ।

    परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

    डिएसपी दाहालकाअनुसार आरोपितमाथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट बुधवार ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस