• एमाले लुम्बिनी प्रदेश सांसद पाण्डेले दिए राजीनामा

  • बुटवल। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

    कपिलवस्तु २ (क) बाट निर्वाचित सांसद पाण्डले सभामुखसामू राजीनामा पेस गरेका हुन्।

    एमाले संसदीय दलका नेता शंकर पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकार गठनका लागि मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनले पदबाट राजीनामा दिएका हुन्।

    यसअघि नेकपाबाट निर्वाचित सांसद विमला वलीले आफू माओवादी केन्द्रमा रहने घोषणा गरेकी थिइन् । योसँगै मुख्यमन्त्रीमा नियुक्त पोखरेलले शपथ नलिँदै बहुमत गुमाएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय