• एमालेले स्थगित गर्‌यो पूर्वघोषित कार्यक्रम


  • नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु स्थगन गरेको हो ।

    प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिए । यही भदौ ३ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ १० देखि २१ गतेसम्म जिल्ला कमिटीका बैठक सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । लामो समय पार्टी बैठकमा सहभागी नभएका स्थायी कमिटीका सदस्यहरुसमेत सहभागी बैठकले १० बुँदे सहमति कार्यान्वयनको कार्यतालिका बनाएपछि एमालेका तल्ला कमिटीले पूर्वनिर्धारित कार्यक्रमहरु स्थगन गरेका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय