• एकीकृत समाजवादी पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत

  • माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका छन्।

    बुधबार निर्वाचन आयोग पुगेर नेकपा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको विरोध खतिवडाले बताए।

    नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याउनुपर्छ।

    निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो ।

    उनीहरु सोमबार बेलुकादेखि चन्द्रागिरि हिल्स रिसोर्टमा पार्टी भेला गरिरहेका थिए । बुधबार बिहान रिसोर्टबाट सोझै आयोग पुगेका थिए ।

    यसअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि सकिइसकेको छ । आयोगमा प्रस्तावित दुई दल दर्ताको लागि सनाखत सकिएकाले आजै प्रमाणपत्र दिने तयारी गरिएको छ ।

    सनाखत गर्ने सांसदहरू

    १. माधवकुमार नेपाल

    २. मुकुन्द न्यौपाने

    ३. कल्याणीकुमारी खड्का

    ४. विरोध खतिवडा

    ५. जीवनराम श्रेष्ठ

    ६. रामकुमारी झाँक्री

    ७. निरादेवी जैरू

    ८. प्रेमबहादुर आले

    ९. मेटमणि चौधरी

    १०. सरला यादव

    ११. भवानी खापुङ

    १२. पुष्पाकुमारी कर्ण कायस्थ

    १३. समिना हुसेन

    १४. कृष्णलाल महर्जन

    १५. कृष्णकुमार श्रेष्ठ

    १६. कलिला खातुन

    १७. हिराचन्द्र केसी

    १८. धनबहादुर बुढा

    १९. गोपालबहादुर बम

    २०. पार्वतीकुमारी विशुंके

    २१. लक्ष्मी चौधरी

    २२. विना बुढाथोकी

    २३. बेदुराम भुषाल

    २४. शेरबहादुर कुँवर

    २५. ठगेन्द्रप्रसाद पुरी

    २६. उदया शर्मा (पौड्याल)

    २७. सिंगबहादुर विश्वकर्मा

    २८. नन्दा चपाईं

    २९. शान्तिकुमारी अधिकारी जिसी

    ३०. झलनाथ खनाल (दूतावासमार्फत् सनाखत)

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय