• देशभर २५ सय संक्रमित थपिए, ३५ जनाको मृत्य

  • नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षणबाट २ हजार २० जना र ४ हजार ९०९ एन्टिजेन गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मंगलबार २ हजार ८६ जना संक्रमणमुक्त भएका छन्।

    यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

    हाल देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसनमा ३ हजार १०५, होम आइसोलेसनमा ३५ हजार १४५, आईसीयुमा ६२० र भेन्टिलेटरमा १७० जना छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय