• यस्तो अवस्थामा फेरि गिर्न सक्छ लुम्बिनीमा एमालेको सरकार

  • लुम्बिनी प्रदेशमा सरकार गिर्न पनि सक्ने आंकलनसहित मुख्यमन्त्री शंकर पोखरेलले फरक बाटो अबलम्वन गरेका छन् । उनले मुख्यमन्त्रीबाट राजिनामा गरेर ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको कुर्सी पच्छ्याएका छन् ।
    यस्तोअवस्थामा विपक्षी दलहरूका लागि एउटा विकल्प हुन सक्छ त्यो पनि दल भित्र शंकर पोखरेललाई असहज परिस्थिती आएमा ।

    त्यस्तो विकल्प, नेपालकाे संविधान २०७२धारा१६८(१)अनुसार प्रदेशकाे बहुमत प्राप्त दलकाे नेता मुख्य मन्त्री हुने र धारा१८८(४)अनुसार यसरी नियुक्त मुख्यमन्त्री विरुद्ध २वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाईदैन ।

    यस्ताे अवस्थामा एमालेका माधव नेपाल पक्षीय सांसदहरूले आजै राजिनामा दिन सक्छन् । उनीहरूले राजिनामा दिएकाे खण्डमा संसदमा एमाले सबै भन्दा ठूलाे दल त बन्छ तर, बहुमत प्राप्त दल बन्दैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय