• एमाले नै भएर वार्ता गर्ने च्याप्टर क्लाेज, अब दुई फरक दलका रुपमा हुनसक्छ : माधव नेपाल

  • काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका छन् ।

    चन्द्रागिरी हिल्स रिसोर्टमा आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब निर्वाचन आयोगमा दल दर्तापछि मात्र वार्ता हुने बताए ।

    नेपालको भनाइ उदृत गर्दै एक नेताले भने– अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो ।

    नेपालले १० बुँदे सहमति जालझेलमात्र थियो भन्दै दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।

    नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।

    नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस