एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ) कम्पिटिसन कमिटीले उनलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो । यससँगै कोम्यानले भ्यालेन्सिया र एट्लेटीको म्याड्रिडविरुद्धको खेलमा टच लाइनमा बस्न पाउने छैन । बिहीबार राति घरेलु मैदान नोउ क्याम्पमा ग्रानडासँग २–१ ले स्तब्ध भएको खेलमा डच प्रशिक्षक कोम्यान रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिएका थिए । रेफ्रीप्रतिको अल्टिच्युडका कोम्यानलाई दुई खेलको प्रतिबन्ध सुनाइएको प्रतियोगिता समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । रेफ्री पाब्लो गोन्जालेज फुर्तेसले कोम्यानलाई ६६औं मिनेटमा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । जहाँ ग्रानडाले बार्सिलोनामाथि २–१ को पुनरागमन जित हात पारेको थियो । ‘उनको अवस्थाबारे रेफ्रीले सुरुमै चेतावानी दिइसकेको थियो । तर, उनले फोर्थ अफिसियलसँग पनि ‘के चरित्र’ भन्दै सम्बोधन गरेको रिपोर्टमा उल्लेख छ ।
खेलपछि कोम्यानले आफुले रेफ्री र फोर्थ अफिसियललाई कुनै त्यस्तो अपशब्द नबोलेएको बताएका थिए । ‘मैले केही खराब भनेको छैन । मैले उसलाई अपमान गरेको छैन । यो अविश्वसनीय छ । तर, यदि फोर्थ अफिसियल नायक बन्न चहान्छ भने । मैले केही टिप्पणी गरेको छु । तर, मैले कुरूप शब्द प्रयोग गरेको छैन,’ कोम्यानले भने । कोम्यानको अनुपस्थितिमा बार्सिलोनाको टचलाई उनका सहायक प्रशिक्षक अल्फ्रेड श्रेउडरले टच लाइन सम्हाल्नेछन् । ग्रानडासँगको हारपछि उपाधि होडमा रहेको बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा तेस्रो स्थानमा यथावत् रहेको छ । बार्सिलोनाको ७१ अंक छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७१ अंक छ । बार्सिलोनाले भ्यालेन्सियासँग ३ मेमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दा एट्लेटिकोसँग घरेलु मैदानमा ८ मेमा प्रतिस्पर्धा गर्दै छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।