• नेपाल पक्षीय नेताहरू जम्मा भए चन्द्रागिरि रिसोर्टमा

  • नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने निर्णयमा पुगेका नेता माधकुमार नेपालले पक्षीय नेताहरूलाई चन्द्रागिरी रिसोर्टमा बोलाएका छन् ।

    बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि सनाखत गर्नुपर्ने भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आज रातिको बास बस्ने गरी चन्द्रागिरी रिसोर्टमा बोलाएका हुन् । नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जनासहितका नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो। 

    माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार दिनभर त्यही बस्नेछन् । रिसोर्टमा करिब एक सय जनालाई पुग्ने कोठा बुक गरिएको बताइएको छ । कतिपय नेता त्यहाँ पुगिसकेका छन् अन्य पुग्ने क्रममा छन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय