![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो भने २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय